दक्षिणी यमनमा बारुदी सुरुङ विष्फोट हुँदा ५ जनाको मृत्यु
आइतबार, २५ पुस २०७८, ११ : ५९
यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।
यी विष्फोटक ल्यान्डमाइनहरू हुथी मिलिशियाले शाब्वाको उसलान जिल्लाबाट फिर्ता हुनु अघि राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले नाम न भन्ने सर्तमा जानकारी दिएका छन् ।
सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विष्फोटक विशेषज्ञहरूको टोलीले शाब्वामा हुथीद्वारा बिछ्याइएको बारुदी सुरुङ्ग भत्काउन अभियान शुरु गरेको जनाइएको छ ।
पछिल्ला दिनहरूमा सरकार समर्थक सेनाहरूले शाब्वामा हुथीहरू विरुद्ध ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेर उसैलान लगायतका प्रमुख जिल्लाहरूबाट विद्रोहीहरूलाई बाहिर निकाल्न सफल भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण