सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीका ३४ जना एसपीको सरुवा, ७ जिल्लाका इन्चार्ज फेरिए (सूची)

आइतबार, २५ पुस २०७८, १३ : ४२
आइतबार, २५ पुस २०७८

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाइएको छ । झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ । भट्टराई इन्चार्जबाट इन्चार्जमा सरुवा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, काभ्रेमा चक्रराज जोशी, पाल्पाको इन्चार्जमा जनक बहादुर शाही र बारामा दिलीपसिंह देउवालाई सरुवा गरिएको छ । पूर्वी नवलपरासीमा प्रज्वल महर्जनको सरुवा भएको छ ।

कञ्चनपुरमा श्यामसिंह चौधरीलाई पठाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सुशीलसिंह राठौरलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा सरुवा गरिएको छ । 

को कहाँ सरुवा भए, तलको सूची हेरौं 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप