भूल भुलैया टु : मोन्जोलिकाको भूमिकामा पुनः देखिनेछिन् विद्या बालन !
अक्षय कुमार र विद्या बालनको हिट फिल्म भूल भुलैयाको अर्को भाग नयाँ कास्टसहित आउने तयारीमा छ । भुल भुलैया टु मा कार्तिक आर्यन, तबू र कियारा आडवाणीको नाम फाइनल भइसकेको छ । फिल्मबाट कार्तिकको लुक पनि रिलिज भइसकेको छ । सबै पात्रमध्ये सबैभन्दा महत्वपूर्ण भूमिका मोन्जोलिकाको छ । भूल भुलैयामा विद्या बालनले यो भूमिका निभाएक थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार भूल भूलैया टुमा पनि विद्याले मोन्जोलिकाको भूमिका निभाउने छिन् ।
क्लाइमेक्समा देखिनेछिन् विद्या ?
अनिस बज्मीको निर्देशनमा बन्न लागेको भूल भुलैया टुमा विद्या मोन्जोलिकाको भूमिकामा देखिने भारतीय सञ्चार माध्यमले दाबी गरिरहेका छन् । मिड डेले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका हुन् । स्रोतले भन्यो, ‘उनको इक्वेसन सन् २०११ देखिको हो जब विद्याले अनिज बज्मीको फिल्म थ्याङ्क्यूमा क्यामियो अपियरेन्स दिएकी थिइन् । उनले मोन्जोलिकाको क्यारेक्टरलाई बनाए, शाही नर्तकीको भूत, अविस्मरणीय छ । विद्याले आमी जे तोमार गीतमा नाच्नेछिन् वा क्लाइमेक्समा देखिनेछिन् ।’
निर्देशकले पनि दिए हिन्टः
स्मरण रहोस्, अनिस बज्मीले मोन्जोलिका उनलाई सबैभन्दा मनपर्ने पात्र भएको बताएका थिए । निर्देशकले भनेका थिए, ‘यदि फिल्म भूल भुलैया हो भने उनी (विद्या बालन) भूल भुलैया टुमा हुनुपर्छ । अरु कुरा सरप्राइजका लागि छोड्नुहोस् ।’
भूल भुलैया सन् २००७ मा रिलिज भएको थियो । यसको निर्देशन निर्देशक प्रियदर्शनले गरेका थिए । फिल्ममा विद्या, अक्षयबाहेक अमिषा पटेल र शाइनी आहूजा मुख्य भूमिकामा थिए । यो हरर कमेडीलाई दर्शकले अत्यधिक रुचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण