‘फेश अफ द माडवारी किड्स’ सम्पन्न, क-कसले जिते उपाधि ?
माडवारी समुदाय लक्षित सौन्दर्य प्रतियोगिता ‘फेश अफ द माडवारी किड्स’ सम्पन्न भएको छ । ६ देखि १३ वर्ष उमेरका जुनियर र सिनियर प्रिन्स एन्ड प्रिन्सेसका रुपमा आयोजित प्रतियोगितामा ‘फेश अफ द माडवारी किड्स २०२१’ को उपाधि विधि अग्रवाल, गर्भ वाहेटी, लक्ष्य अग्रवाल र यसस्वी खेम्बा गरी चार जनाले जितेका छन् ।
पेज थ्री प्रालिले काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा फस्ट रनर अपको उपाधि पिहु चाचन, भियोम शर्मा, कुश तिब्रेवाल र अंशिका मित्रुकाले हाँसिल गर्दा सेकेन्ड रनरअप को उपाधि आध्या अग्रवाल, गगन वंशल, मेदान्स अग्रवाल, विधिका अग्रवालले प्राप्त गरे ।
वीरगञ्जका मेयर विजय सरावगी, मिस नेपाल नम्रता श्रेष्ठ र हास्य अभिनेता निर्मल शर्मा सहभागी कार्यक्रममा मस्ट क्युट चाईल्डको उपाधि नाभिका अग्रवाल र शिवान्स खेतानले प्राप्त गरे । कन्फिडेन्ट चाईल्डको उपाधि कृतिम चाचन, भिहान मिन्डाले, बेस्ट वाकको उपाधि साईना अग्रवाल, लक्ष्य अग्रवाल, तेजेस पोद्दार र अंशिका मित्रुकाले, डिसिप्लेनको अवार्ड दिया अग्रवालले, मोस्ट स्टाईलिस्टको अवार्ड जुयान्स तिब्रेवाल, वान्सिका जोधानीले हासिल गरे ।
सो प्रतियोगिताको अन्य उपाधिमा मध्य ब्युटीफुल स्माईलको उपाधि विधि शाह र गर्व बहेटीले, बेस्ट पर्फमरको उपाधि आस्ना अग्रवाल, पिहु चाचनले, ट्यालेन्टको उपाधि आरध्य अग्रवाल, गगन बंशल, गौतम अग्रवाल र यसश्वी खेम्काले, बेस्ट पर्सनालिटीको अवार्ड खुस तिब्रेवाला, आध्या शर्मा, जयदेव बंशल र आध्या अग्रवालले प्राप्त गरे ।
यसैगरी फोटोजेनिक अवार्ड विधि अग्रवाल, भियोम शर्मा र विधिता अग्रवाल, अर राउन्डर किडको अवार्ड रियन्स मित्रुका र मानस्वी खेम्काले, मिस बब्लीको अवार्ड दिब्यंका शर्मा र अमरिया अग्रवालले, मोस्ट पपुलर अवार्ड आयुशी अग्रवाल, मयंक गोयल, अन्सुल अग्रवाल र रुट्भी अग्रवालले प्राप्त गरेका छन् ।
सांगीतिक कार्यक्रमसहित सम्पन्न प्रतियोगितामा उद्योगपति राजेन्द्र खेतान, अभिनेत्रीद्धय केकी अधिकारी, शुभेक्षा खड्का र अर्चना सायदा निर्णायक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन भएपछि नेपाली सेना परिचालन
-
ज्योतिर्मयीले जितिन् ‘इन्डियन आइडल १६’ को ताज
-
सरकारका आर्थिक नीति र राजस्व अनुसन्धान विभाग खारेजी विरुद्ध सर्वोच्चमा रिट
-
राष्ट्रिय सेवा दल विधेयकमा व्यापक हेरफेरका लागि संशोधन प्रस्ताव
-
सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण