सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

ज्योतिर्मयीले जितिन् ‘इन्डियन आइडल १६’ को ताज

सोमबार, ११ साउन २०८३, १३ : ०५
सोमबार, ११ साउन २०८३

सारांश

  • इन्डियन आइडल १६ को १६ औँ संस्करणको उपाधि ज्योतिर्मयी नायकले जितेकी छन् ।
  • उडिसाकी ज्योतिर्मयीले प्रतियोगितामा ताज, ट्रफी र २० लाख भारु नगद पुरस्कार प्राप्त गरिन् ।
  • फाइनलमा ज्योतिर्मयीसँगै मनराज वीर सिंह र तनिष्क शुक्ला शीर्ष स्थानका लागि प्रतिस्पर्धामा थिए ।

मुम्बई । ‘इन्डियन आइडल’को १६ औँ संस्करणको ताज ज्योतिर्मयी नायकले जितेकी छन् । उडिसाकी ज्योतिर्मयीले प्रतियोगितामा ताज सहित ट्रफी र नगद २० लाख (भारु) प्राप्त गरेकी छिन् । कार्यक्रममा ज्योतिर्मयीले ‘सैयाँ पकड बैयाँ’ गीत प्रस्तुत गरेकी थिइन् ।

प्रतियोगिताको अन्तिम एपिसोड अर्थात् फाइनल आइतबार रातमा सोनी टिभीमा प्रसारण भएको थियो । फाइनलमा मनराज वीर सिंह, ज्योतिर्मयी नायक र तनिष्क शुक्ला शीर्ष स्थानको प्रतिस्पर्धामा थिए ।

बादशाह, विशाल ददलानी, कुमार सानु र श्रेया घोषाल निर्णायक रहेको प्रतियोगितामा शहनाज गिलको पनि सहभागिता थियो ।

प्रतियोगितामा मनराज वीर सिंह ‘सेकेन्ड रनर अप’ भए भने तनिष्क शुक्ला ‘थर्ड रनर अप’ भइन् । मनराजले सोनी च्यानलद्वारा ५ लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप