मन्त्री प्रेम आलेले गरे कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास गरेका छन् । बुधबार विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच मन्त्री आलेले स्तरोन्नति कार्य शुभारम्भ गरेका हुन् ।
उनले सुदूरपश्चिम प्रदेशले धेरै सम्भावना बोकेको उल्लेख गर्दै विमानस्थल सञ्चालन भएपछि भारतीय पर्यटक भित्र्याउन सहज हुने बताए । उनले कुनै पनि योजना अघि बढाउँदा दशकौंसम्मको अवस्थालाई पूर्वानुमान गरेर सञ्चालन गर्नुपर्ने भन्दै विमानस्थलको रनवेलाई २५०० मिटरसम्म बनाइनुपर्ने र राजमार्गबाट विमानस्थल आउने सडक पनि चार लेनको बनाउनुपर्नेमा जोड दिए ।
२०३० सालदेखि २०५६ सालसम्म सञ्चालनमा रहेको सो विमानस्थल त्यसयता बन्द छ । सो विमानस्थललाई स्तरोन्नतिसहित सञ्चालन गर्ने योजना सरकारले अघि बढाएको हो । तत्कालका लागि विमानस्थलको रनवे, ट्याक्सी–वे, एप्रोन लगायतका पूर्वाधार निर्माण सुरु गरिने भएको छ ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ४५ करोड ६६ लाख २४ हजार ७१४ रुपैयाँमा पहिलो चरणको काम ठेक्का सम्झौता भएको आयोजनाका निर्देशक मुरारी भण्डारीले जानकारी दिए । दोस्रो चरणमा टर्मिनल भवन, सुरक्षा भवनसहित आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । विमानस्थल स्तरोन्नतिका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ र स्थानीय तहले २५ प्रतिशत लगानी गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति यादव
-
सरकारबाट फिर्ता हुने जसपा नेपालको निर्णय
-
जलारीमार्फत फेवातालको जलकुम्भी निकाल्दै पोखरा महानगर
-
‘फर्की फर्की’ सबै वर्गका दर्शकको लागि हो : जसिता
-
‘ओलम्पिक छनोटमा सुखद नतिजा ल्याउँछौँ’
-
मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे मन्त्रिमण्डल पुनर्गठन