ओमिक्रोन कि डेल्टा ? कसरी पत्ता लगाउने ?
विश्वभर कोरोनाको महामारी फैलिइसकेको छ । यो कोरोना भाइरस महामारीको तेस्रो लहर हो । दोस्रो लहरमा डेल्टा भेरियन्टले मानिसहरुलाई आक्रान्त पारेको थियो भने अहिले ओमिक्रोन भेरियन्टले संक्रमित बनाएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक भएको वैज्ञानिकहरुले बताएका छन् । तर, तेस्रो लहर चलिरहँदा ओमिक्रोन भेरियन्टसँगै डेल्टा भेरियन्टबाट पनि संक्रमित हुनेको संख्या बढिरहेको छ । तर, यस्तो अवस्थामा ओमिक्रोन कि डेल्टा कसरी पत्ता लगाउने त ?
क्योटो युनिभर्सिटीका स्वास्थ्य तथा पर्यावरण विज्ञानका प्राध्यापकले गरेको एक अध्ययनका अनुसार डेल्टा भेरियन्टभन्दा ओमिक्रान कम खतरनाक छ । तर, यो संक्रामक दर भने अत्यधिक छ । डेल्टाको तुलनामा ओमिक्रोन भेरियन्ट ४.२ गुना अधिक तीव्र गतिमा फैलिन्छ ।
medRxiv साइटमा प्रकाशित एक फ्रेन्चको अध्ययन अनुसार कोभिडको नयाँ भेरियन्ट डेल्टाको तुलनामा १०५ प्रतिशत धेरै संक्रामक हुन्छ । पछिल्लो केही समयमा नै ओमिक्रोनले करोडौँ मानिसलाई संक्रमित गराएको छ ।
डेल्टाभन्दा अलग ओमिक्रोनको लक्षण
ओमिक्रोन भेरियन्टको सुरुवातपछि वैज्ञानिकहरुले यसको नजिकबाट अध्ययन गरेका थिए । भेरियन्टले स्पाइक प्रोटिनमा भारी मात्रामा म्यूटेशनका साथै डाक्टरहरुले यसको लक्षणमा पनि फरकपना पाएका छन् । शुरुवातमा दक्षिण अफ्रिकामा पत्ता लागेको यो भेरियन्टका विषयमा दक्षिण अफ्रिकी मेडिकल एसोसियसनका अध्यक्ष डा. एन्जेलिक कोएत्जीले यो भेरियन्टबाट संक्रमित व्यक्तिहरुमा धेरै लक्षणहरु नदेखिएको र संक्रमण भए पनि स्वास्थ्य अवस्था धेरै गम्भीर नभएको बताएका छन् । उनका अनुसार संक्रमित व्यक्तिमा हल्का खोकी हल्का ज्वरो जस्ता सामान्य लक्षणहरु देखिन्छन् ।
लक्षण हेरेर कसरी छुट्याउने ओमिक्रोन कि डेल्टा ?
डेल्टा र ओमिक्रोन भेरियन्टको तुलना गर्दै भारतका डा. एस एन अरविन्दाले कोभिड–१९ भेरियन्टको प्रभाव एक व्यक्ति र अर्को व्यक्तिमा अलग अलग हुने बताएका छन् । डेल्टा भेरियन्टबाट संक्रमित हुँदा व्यक्तिमा सुँघ्ने क्षमता हराउने भएपनि ओमिक्रोनमा कम मात्र मानिसमा यस्तो लक्षण देखिएको डा. अरविन्दाको भनाई छ । यसका साथै, ओमिक्रोन लागेका संक्रमितलाई अक्सिजनको जरुरत पनि कम परेको छ । भने फोक्सो खराब हुने समस्या पनि कम भएको छ । साथै, ओमिक्रोनमा सास फेर्न गाह्रो हुने पनि कम मात्र मानिसलाई भएको छ । लक्षणहरुको विषयमा भने गहिरो अध्ययन गर्नुपर्ने वैज्ञानिहरुले जोड दिएका छन् ।
कोरोना परीक्षणका लागि गरिने एन्टिजेन, मोलिक्यूलर, पीसीआर आदिले ओमिक्रोन वा डेल्टा कुन संक्रमण हो भन्ने विषयमा पत्ता लगाउन मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण