कागको बथानसँग छुटकारा पाउन क्यालिफोर्निया सहरले लेजरको प्रयोग गर्ने
हाम्रा गाउँघरतिर बाँदर, सुुगाले अन्न खाएर दुुःख दिएको त सुन्दै आएका छौँ । जनावर, चराचुरुङ्गीको यस्तो बानीले हामीलाई कष्ट भइरहेको पनि हुन्छ । तर अमेरिकाको क्यालिफोर्निया सहरमा हजारौँ कागहरु सर्वसाधारणको टाउको दुखाईको विषय बनेको छ । यसबाट छुटकारा पाउनका लागि उच्च प्रविधि लेजरको प्रयोग गनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ ।
सनीभ्यालेका वासिन्दाले हज्जारौँको संख्यामा कागहरु सहरको मध्य भागमा उडिरहेको र वरपरका क्षेत्र तथा घर बाहिरको क्षेत्रमा बस्न थालेको बताएका छन् । यतिमात्रै नभएर आकाशमा उडिरहेको समयमा उनीहरुले विस्ट्याउनाले पनि आफूहरुलाई अप्ठेरो परेको पनि उनीहरुको भनाई छ ।
स्थानीयले कागले रातको समयमा पनि चर्को हल्ला गर्ने गरेको गुनासो गरेका छन् ।
‘सहरबाट चरालाई टाढा भगाउने विभिन्न प्रयास ग¥यौँ, तर केहीले पनि दीर्घकालिन असर देखाएन,’ मेयर ल्यारी क्लिनले बताइन् ।
‘हामीले विभिन्न प्रयास ग¥याँै । विगतमा हामीसँग बाज पनि थिए । हामीले रुखहरुमा रिफ्लेक्टर पनि राख्यौँ तर केही कुराले पनि सहयोग गरेको हामीले पाएनौँ,’ क्लिनले बताइन् ।
यो सहरले कागलाई टाढा भगाउनका लागि हरियो लेजरलाई परीक्षण कार्यक्रमको रुपमा सुरु गर्ने तयारी गरिरहेको छ ।
‘फुटपाथलाई प्रत्येक साता सफा गर्न सयौँ डलर खर्चिनुको सट्टा यो प्रभावकारी हुने छ,’ क्लिनले बताइन् ।
औडुबन सोसाइटीका अधिकारीले यस्तो योजनाले आफूहरुलाई चिन्तित बनाएको बताएको छ ।
‘लेजर प्रयोग गर्ने कुरामा मेरो ध्यान गएको छ,’ म्याथ्यू डोडर, स्यान्टा क्लारा भ्याली औडुबन सोसाइटिका कार्यकारी निर्देशक म्याथ्यू डोडरले भने । ‘लेजरले चराहरुलाई अन्धो बनाउन सक्छ जुन चराका लागि मृत्युदण्ड जस्तै हो किनभने चराले देखेन भने यी उड्न पनि सक्दैनन् र चारो खोज्न जान पनि सक्दैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण