भारतको अरुणान्चल प्रदेशमा भूकम्प
मङ्गलबार, ०४ माघ २०७८, १० : ३८
भारतको अरुणान्चल प्रदेशमा भूकम्प गएको छ । अरुणान्चल प्रदेशको बसारमा मंगलबार बिहान भूकम्प ४ दशमलब ९ म्याग्निच्युडको गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बसारको उत्तरपश्चिम केन्द्र बिन्दु रहेको सो भूकम्पको गहिराई १० किलोमिटर रहेको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन् । भूकम्प गएपछि स्थानीय मानिस घरबाहिर निस्केका थिए । भूकम्प अरुणान्चल प्रदेशका अन्य जिल्लामा पनि महशुस गरिएको थियो ।
यसअघि पश्चिम अफगानिस्तानमा भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण