यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु
मङ्गलबार, ०४ माघ २०७८, १२ : ५८
साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन् ।
हुथीहरुको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाई हमला गर्दै आएको छ । सोमबारको सो आक्रमण पनि हुथीहरुलाई लक्ष्य गरेर गरिएको थियो । त्यस क्रममा उनीहरुका कैयौँ आश्रयस्थल भत्काइदिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण