जब आयुष्मानले ताहिराको ‘ब्रेस्ट मिल्क’ पिएका थिए, बताएका थिए पौष्टिक
बलिउड अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप स्टार वाइफ मात्रै नभई दुई सन्तानकी आमा, क्यान्सर सर्भाइभर र एक लेखक पनि हुन् । हालै उनले लेखेको किताब ‘द सेभेन सिन्स अफ बिइङ अ मदर’ सार्वजनिक भएको छ । किताबमा उनले आफ्नो र आयुष्मानको नीजि जीवनबारे निकै अचम्मित पारिदिने खुलासा पनि गरेकी छिन् ।
उक्त किताबले ताहिराले आयुष्मान खुरानासँगको तीन दिनको बैंकक ट्रिपमा जाँदाको घटनाबारे पनि कुरा गरेकी छिन् । उनले बताए अनुसार बैंकक ट्रिपमा जानका लागि उनले आफ्ना सात महिनाको बच्चालाई घरमा आफ्नो अभिभावकको निगरानीमा छोडिदिएकी थिइन् । आफ्नो यो निर्णयलाई ताहिराले ‘फ्यामिली स्क्यान्डल’ नाम दिएकी छिन् ।
आयुष्मानले पिएका थिए ब्रेस्ट मिल्कः
ताहिराले इन्स्टाग्राममा आफ्नो किताबमा लेखेको किस्सा सेयर गरेकी छिन् । यो किस्सा उनीहरु बैंकक जाँदाकै थियो । ताहिराका अनुसार त्यतिबेला उनको बच्चा सात महिनाको थियो र बैंकक भ्रमणमा जानका लागि उनले केही बोतल ब्रेस्ट मिल्क जम्मा गरेर राखेकी थिइन् । दुध बच्चालाई पुग्छ भन्ने सोचेर उनी एयरपोर्टका लागि हिँडिन् । चेक इन गर्नुभन्दा ठिक अघि उनका अभिभावकले उनलाई बच्चाले सबै दुध पिइसकेको जानकारी दिए । तर उनले गर्न सक्ने केही पनि थिएन, उनले चेक इन गरिन् । विमानभित्रै पनि उनलाई दुध गान्निने समस्याले दुःख दियो । उनी बारम्बार शौचालय गरेर दुध निकालिरहेकी थिइन् । आयुष्मानले यतिबेला उनलाई चियर अप गर्न खोजिरहेको पनि उनले बताइन् । उनीहरु होटल पुगे र सपिङमा जाने निर्णय गरे । निस्कनु अघि ताहिराले एकपटक पुनः आफ्नो दुध पम्प गरेर निकालिन् र बच्चाको हालखबर सोध्नका लागि आमालाई फोन गरिन् ।
कुरा सिद्धिएपछि फिर्ता हुँदा उनले दोहेर राखेको दुधको बोतल खाली देखिन् । उनलाई थाहा भइसकेको थियो कि आयुष्मानले त्यो ब्रेस्ट मिल्कका साथै आफ्नो प्रोटिन शेक पनि सिद्धाइसकेका थिए । उनले किताबमा लेखेकी छिन्, ‘माई बोय (आयुष्मान) प्रोटिन शेक लिएर बेडरुममा रिल्याक्स गरिरहेका थिए । मैले ब्रेस्ट मिल्क गायब भएको विचित्र केसबारे उनलाई प्रश्न गरेँ । उनले मुस्कुराउँदै आफ्नो जुँगामा लागेको दुध पुछ्दै भने, ‘यो मनतातो थियो, असाध्यै धेरै पौष्टिक र प्रोटिन शेकसँग राम्रोसँग मिक्स हुने खालको थियो ।’
स्मरण रहोस, ताहिरा कश्यप र आयुष्मान खुरानाको विवाह करिब १ दशक पूरा हुन लागेको छ । यी दुईले नोभेम्बरमा आफ्नो विवाहको १० औँ वर्षगाँठ मनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण