ओखलढुंगा एकीकृत समाजवादी संगठन विस्तार अभियानमा
नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका आठ स्थानीय तहलाई तीन क्लष्टरमा विभाजन गरेर संगठन विस्तारको अभियान सुरु गरेको छ । आठमध्ये खिजीदेम्वा, लिखु र चम्पादेवी एक क्लष्टर, सुनकोसी, मानेभञ्ज्याङ र मोलुङ दुई क्लस्टर र चिशंखुगढी र सिद्धिचरण नगरपालिका तीन क्लस्टरमा बाँडेर नेताहरूको जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष हंसराज वाग्लेले बताए ।
सचिवालय बैठकबाट अभियान सञ्चालनको रणनीति तयार गरिएको सो पार्टीले जनाएको छ । तीन क्लष्टरमा जिल्लाका पदाधिकारीहरूको अगुवाइमा सचिवालय सदस्य र जिल्ला सदस्यहरूको जिम्मेवारी तोकिएको छ । माघभरिमा अधिकांश वडाहरूको कमिटी निर्माण गरिसक्ने लक्ष्य राखिएको उपसचिव कमल खड्काले बताए ।
यसअघि पहिलो चरणको अभियानमा केही पालिका र वडाहरूको कमिटी गठन भइसकेको छ । संगठन विस्तारका लागि कार्यकर्ता तहमा माग भए पनि नेताहरू पुग्न नसकेको गुनासोलाई ध्यानमा राखेर जिल्ला अध्यक्ष वाग्ले, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज नेत्र भट्टराई र केन्द्रीय सदस्य निर्मला श्रेष्ठको टोली आवश्यकता र मागका आधारमा वडा तहमा पुग्ने गरी जिम्मेवारी तोकिएको छ ।
एकीकृत समाजवादीको पूर्ण बैठक फागुनमा बोलाइएको जिल्ला इञ्चार्ज भट्टराईले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
-
आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण