प्रेस चौतारी नेपाल ताप्लेजुङको नेतृत्वमा वसन्त
बिहीबार, ०६ माघ २०७८, १७ : ४१
प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा वसन्त बालुङवा सर्वसम्मत चयन भएका छन् । बिहीबार सदरमुकाम फुङ्लिङमा भएको पाँचौँ अधिवेशनबाट पालुङवा अध्यक्षमा चयन भएका हुन् ।
पालुङवाको नेतृत्वमा ११ कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा अमृता थलङ र मदन गौतम चयन भएका छन् । त्यस्तै तेन्जिङ शेर्पा सचिव, गंगा लिङखिम र जितेन चेम्जोङ सहसचिवमा चयन भएका छन् ।
कोषाध्यक्ष सङ्गीता कार्की चयन भएको अध्यक्ष वसन्त पालुङवाले बताए । यता सदस्यमा जुनिता ओझा, किरण गदाईली, लाक्पा शेर्पा र सुनिता रसाइली चयन भएका छन् ।
केशव आचार्य र रविना राई प्रदेश प्रतिनिधिमा चयन भएका छन् । तस्तै केन्द्रीय प्रतिनिधिका लागि सुवास आचार्य र सहारा लंवा चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
-
आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण