ताप्लेजुङमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–१ थिङलाबुका ४५ वर्षीय निमा शेर्पा (च्याब्जु) रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मिक्वाखोला गाउँपालिकाको साँवा भन्ने ठाउँबाट दोभानतर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका १८ वर्षीय सहसञ्चालक नाल्बुका सञ्जीव लिम्बूलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । चालक कृष्ण शेर्पा भने जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
-
आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
-
बारा–पर्सा करिडोरमा तीन ठुला उद्योगलाई १० लाख जरिवाना
-
जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन
-
पर्याप्त आधार र प्रमाणबिना हाइप्रोफाइल नेता धमाधम पक्राउ, अदालतमा ‘प्रमाण अभाव’
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण