यी व्यक्ति जसले ६७ वर्षदेखि नुहाएका छैनन्, सडकमा मारिएका जनावर खान्छन् : स्वस्थ देखेर सबै हैरान
चिसो मौसममा नुहाउन जो कोहीलाई पनि कठिन लाग्न सक्छ । तर पनि बेलाबेलामा नुहाइन्छ । तर एक व्यक्तिले वर्षौँदेखि ननुहार्इ बसेका छन् भन्ने सुन्दा चाहिँ अचम्म लाग्ला त्यो पनि विगत ६७ वर्षदेखि ।
८७ वर्षका अमाउ जाजी नामका यी वृद्ध व्यक्तिले पछिल्लो ६७ वर्षदेखि ननुहाएको दाबी गरिन्छ । यसका साथै उनले आफ्नो दैनिक गुजारा सडकमा मारिएका जनावरहरु खाएर गर्ने गर्छन् ।
अमाउले पछिल्लो थुप्रै दशकदेखि दुर्भाग्य निम्तिने र यसले उनको मृत्यु नै गराउने भन्ने सोचेर ननुहाएको बताइन्छ ।
मिरर डट को डट यूकेमा प्रकाशित समाचार अनुसार यी व्यक्तिको खान्की सडकमा मारिएका जनावर विशेषगरी दुम्सी र खरायो हुने गर्छ र उनले सडकमा खाल्डाखुल्डीमा जमेका पानी पिउने गर्छन् ।
उनको यो अचम्मको जीवनशैलीका कारण उनका साथीभाइ र प्रेमिका बन्न सकेनन् ।
र उनलाई सबैभन्दा मनपर्ने भनेको जनावरको मल राखिएको एउटा पाइपमार्फत् धुँवाको सेवन गर्नु हो । उनको यो बानीले विशेषगरी उनलाई सबैबाट एक्लो बनाएको छ । तर उनको स्वास्थ्यको परीक्षण गर्नेहरुले भने उनी पूर्ण रुपमा स्वस्थ भएको बताएका छन् ।
इरानका बासिन्दाले उनको अचम्मको जीवनशैलीबाट निकै प्रभाविभ भएर उनका लागि सानो झुपडी बनाइदिएका छन् ।
इरानको देजगाहस्थित उनको झुपडीमा पुगेका स्वास्थ्यकर्मीले विभिन्न परीक्षण गरेपश्चात् उनको शरीरमा कुनै गम्भीर खालको रोग र ब्याक्टेरिया नभएको पत्ता लगाए ।
विज्ञलाई लागेको थियो कि उनको शरीरमा विभिन्न परजीविले घर बनाएका छन् तर यत्तिका वर्षसम्म ननुहाउँदा र फोहोर जीवनशैली अपनाउँदा पनि उनको शरीरमा अन्य परजीविले घर नबनाएको र उनलाई खासै केही रोगसमेत नभएको उनीहरुले परीक्षण पश्चात् पाए ।
प्राध्यापक डा. घोलामरेजा मोलाभीले उनको विभिन्न परीक्षण गरेका हुन् र जाजीको प्रतिरोधी क्षमता असाध्यै बलियो भएकोले स्वस्थ भएको अनुमान गरे ।
सडकमा मारिएका जनावर खाने र सडकको खाल्डामा जमेको पानी खाँदा पनि जाजीलाई कुनै गम्भीर प्रकारको रोग नहुँदा स्वास्थ्य विज्ञसमेत अचम्ममा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण