राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका कार्की दिक्तेलमा
पर्यटन प्रवर्द्धन एवं लागू औषधविरुद्ध सचेतना फैलाउनका लागि दोलखा कालिन्चोक गाउँपालिका–३ लामीडाँडा पोखरेलका २२ वर्षीय युवा अभिनय कार्की राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका छन् । ‘फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौँ’ भन्ने मूल नाराका साथ तमु ल्होसारको दिन पारेर गत १५ पुसदेखि चरिकोटबाट राष्ट्रव्यापी साइकल यात्रा सुरु गरेका कार्की खोटाङ आइपुगेका छन् ।
दोलखाबाट रामेछाप, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बु हुँदै खोटाङ आइपुगेका साइकल यात्री कार्कीलाई जिल्ला समन्वय समितिको तर्फबाट जिल्लामा स्वागत गर्दै सफलताको शुभकामना दिइएको छ । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले खादा र अबिर लगाइदिएर नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै साइकल यात्राको सफलताको कामना गरेका छन् । उनलाई विश्व साइकल यात्रा सुरु गरेका खोटाङका कर्ण श्रेष्ठले पनि बधाई तथा शुभकामना दिएका छन् ।
‘विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकता’को कामना गर्दै आफ्नो जन्मदिनको अवसरमा गत ६ फागुन २०७७ देखि ३७ दिनमा पूर्व मेची–महाकाली पैदल यात्रा पुरा गरेका कार्की पुनः राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका हुन् । दोलखा लगायतका पर्यटकीय स्थलको पर्चा प्रसार एवं ऐतिहासिक तथ्य संकलन र विकासका बारेमा युवा सहभागिताको लागि जागरण अभियान सञ्चालन गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरेको कार्कीले बताए ।
करिब सय दिनमा ७७ वटै जिल्लामा पुगेर राष्ट्रव्यापी साइकल यात्रा पुरा गर्ने कार्कीको लक्ष्य छ । कतिपय विद्यालयमा पुगेर विद्यार्थीसँग फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनको समस्या र रोकथामका उपायबारे छलफल गर्ने गरेको कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प
-
वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण