लालीगुराँस नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द
शुक्रबार, ०७ माघ २०७८, १८ : ५२
कोरोना भाइरस कोभिड १९ तीव्र रूपमा फैलिरहेकाले तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । नगरपालिकाको कर्मचारीहरूमा समेत संक्रमण देखिएपछि नियमित कामकाज गर्नसमेत समस्या भएकोले नगर कार्यपालिकाको निर्णयले यही माघ ८ गतेदेखि १३ गतेसम्म स्वास्थ्य संस्था बाहेकका सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविना श्रेष्ठले सार्वजनिक सूचना प्रकाशित गर्दै जानकारी गराएका छन् । नगरपालिकाको सबै वडाहरूमा समेत अत्यावश्यक काम बाहेक अन्य कामहरू बन्द गराएको सूचनामा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
-
आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
-
बारा–पर्सा करिडोरमा तीन ठुला उद्योगलाई १० लाख जरिवाना
-
जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन
-
पर्याप्त आधार र प्रमाणबिना हाइप्रोफाइल नेता धमाधम पक्राउ, अदालतमा ‘प्रमाण अभाव’
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण