शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

शुक्रबार, ०७ माघ २०७८, १९ : ३०
शुक्रबार, ०७ माघ २०७८

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको  गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले  तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल  गर्ने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

उनले भने, 'निर्वाचनबारे विभिन्न प्रस्तावमाथि छलफल भएको छ । यस विषयमा गठबन्धनको तर्फबाट कानुनविदहरुसँग परामर्श गर्ने निर्णय भएको छ।'संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गरिने उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप