सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

मिष्टर नेपाल सन्तोषले गरे आरतीसँग इन्गेजमेन्ट

आइतबार, ०९ माघ २०७८, ०९ : ४३
आइतबार, ०९ माघ २०७८

‘मिष्टर नेपाल २०१९’ का विजेता डा. सन्तोष उपाध्याय विवाह बन्धनमा बाँधिने भएका छन् । उनले पोखराकी आरती पराजुलीसँग विवाह गर्न लागेका हुन् । केही बर्षदेखि प्रेममा रहेका आरती र सन्तोषले पारिवारिक सहमतीमा विवाह गर्न लागेका हुन् ।
शनिबार बानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा एक समारोहका बीच सन्तोष र आरतीको इन्गेजमेन्ट भएको छ । कोरोनाको कहर भएकोले इन्गेजमेन्ट समारोहमा दुबै तर्फका सिमित पारिवारिक ब्यक्तिको मात्र उपस्थिती रहेको थियो ।
आरती पेसाले चार्टर एकाउन्टेन्ट हुन् । उनी अहिले नेपाल इन्भेष्टमेन्ट बैंकमा सिनियर अफिसरको रुपमा कार्यरत छिन् । सन्तोष भने पेसाले डाक्टर हुन् । उनी पछिल्लो समय स्वास्थ्य भन्ने डिजिटल प्लेटफर्ममा कार्यरत छन् ।

सन्तोषले २०१९ मा मिष्टर नेपाल उपाधि जितेका थिए । त्यसपछि ‘मिष्टर सुपरस्टार २०२०’ जितेका उपाध्ययले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिष्टर सुपरन्यासनल २०२१’ मा थर्ड रहनर अफ भएका थिए । उनी छिट्टै फिल्म अभिनयमा पनि देखिने तरखरमा छन् ।

विवाहको मिति फाइनल नभएको सन्तोषले बताए । ‘दुबै तर्फको परिवार बीच यसै महिनामा विवाह गर्ने सहमती भएको छ । गते तोक्न बाँकी रहेको छ’ सन्तोषले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप