होटलमा बन्धक बनाएर एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ
आइतबार, ०९ माघ २०७८, १३ : ४५
मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित होटलमा बन्धक बनाएर ३० वर्षीया महिलालाई बलात्कार गरिएको छ । शनिवार साँझ ती महिलालाई होटलमा लगेर ३ जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको मोरङका एसपी जनर्दन जिसिले रातोपाटीलाई बताए ।
इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी महिलालाई ३ आरोपीहरुले ‘बहिनीको घरमा छाडिदिन्छौँ’ भनेर प्रदेश–२–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर ‘श्रेष्ठ होटल एण्ड फेमिली लज’मा लगेका थिए । सो होटलमा उनीहरुले बलात्कार गरेको प्रहरीको भनाई छ ।
बलात्कारमा संलग्न रहेको आरोपमा होटल संचालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरिएको एसपी जिसीले बताए । घटनामा संलग्न दुई जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण