विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा
सोमबार, १० माघ २०७८, १४ : ३०
दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ ।
तसर्थ, पाङ्ग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ । पक्राउपछि उनलाई अस्पताल लगिएको थियो ।
विमानमा जोहेनस्वर्गबाट एम्स्टर्ड्याम पुग्न ११ घन्टा लाग्छ । त्यति लामो समय यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई दुर्लभ घटना मानिएको छ । अत्यधिक हावा र अक्सिजनको अभावमा पाङ्ग्रामा झुन्डिएर यात्रा गर्ने मानिसको मृत्यु हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण