रुस-युक्रेन तनाव : ८ हजार ५०० अमेरिकी सेना 'हाई अलर्ट'मा

रुस र युक्रेनबीच युद्धको खतरा लगातार बढ्दै गइरहेको छ । यसलाई मध्यनजर गर्दै अमेरिकी रक्षा विभाग पेन्टागनले ८ हजार ५ सय अमेरिकी सैनिकलाई पूर्वी युरोपमा तैनाथ गर्नका लागि हाई अलर्ट राखेको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीले यसमा कम्ब्याट टोली, स्वास्थ्यकर्मी, गुप्तचर र सर्भेलेन्ट टिमका सदस्य सामेल रहेको जानकारी दिएका छन् ।
किर्बीले भने, अहिलेसम्म यी सैनिकहरूलाई तैनाथीको आदेश वा कुनै मिसन दिइएको छ । यद्यपि, पूर्वी युरोपमा नेटोलाई मजबुत गर्नका लागि अमेरिकी सैनिक तैनाथ गर्न सकिन्छ । युरोपमा अतिरिक्त अमेरिकी सैनिक तैनाथ गर्ने कुरा नेटोको फैसलामा हुनेछ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि हमला गरे गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । रुसी सेनाले आयरल्याण्डको तटबाट मात्र १५० माइल टाढा सैन्य अभ्यास गर्ने घोषणा गरेपछि जोन्सनको यस्तो बयान आएको हो । रुसले एटलान्टिक, प्रशान्त र भूमध्यसागरमा आफ्ना १४० युद्धपोतको अभ्यास गर्ने घोषणा गरेको थियो ।
यता, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन र रुसबीचको तनाव कम गर्नका लागि राजनीतिक संवाद सुरु गर्न आग्रह गरेका छन् । उनले युद्धको साटो छलफलबाट समस्या समाधान गर्न अपिल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला