संसारको सबैभन्दा ठूलो आरओसी विमानको परीक्षण उडान सफल
मङ्गलबार, ११ माघ २०७८, १२ : १९
संसारको सबैभन्दा ठूलो भनिएको आरओसी बिमानको परीक्षण उडान सफल भएको स्ट्राटोलञ्च कम्पनीले बताएको छ । गत आइतबार विमानको तेस्रो पटक परीक्षण उडान गरिएको हो । ३८५ फिट विंग स्पान भएको विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता कम्पनी स्टेटोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म पुगेको थियो ।
हालसम्म गरिएको परीक्षणमध्ये यो सबैभन्दा सफल उडान रहेको कम्पनीको भनाइ छ । विमानको ३५ हजार फिटको उचाइसम्म उड्न सक्नेगरी डिजाइन गरिएको निर्माता कम्पनीले जानकारी दिएको छ । यो विमानमा बोइङ ७४७ को ६ वटा इन्जिन प्रयोग गरिएको छ । विमानको सफल उडानले यसले भविष्यमा उच्चस्तरीय ढंगमा काम गर्न सक्ने विश्वास बढेको कम्पनीका प्रमुख कार्यकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण