बेलायतका लागि प्रस्तावित राजदूत आचार्यको एग्रिमो स्वीकृत
लण्डन । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरूमा अग्रिमोका लागि पत्राचार गरेको थियो ।
लण्डनस्थित नेपाली दूतावास स्रोतले बेलायतका लागि राजदूत सिफारिस आचार्यको ‘एग्रिमो’ गइसकेको पुष्टि गरेको छ । उनी बेलायत आउने मिति भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेपछि टुङ्गो लाग्ने छ । यसअघि केपी ओली सरकारबाट बेलायतको राजदूत नियुक्त लोकदर्शन रेग्मीलाई शेरबहादुर देउवा सरकारले फिर्ता बोलाएको थियो । गत मार्च १ मा आफ्नो कार्यकाल सम्हालेका रेग्मी ८ महिना नपुग्दै अक्टोबर २४ मा नेपाल फर्किएका हुन् ।
लन्डन आउनुअघि राजदूत ज्ञानचन्द्र आचार्यले प्रशिक्षण लिएका छन् । सम्बन्धित मुलुकबाट एग्रिमो आउनुअघि नै आचार्यले अन्तरक्रिया कार्यक्रममा भाग लिएका हुन् । कार्यक्रममा प्रस्तावित राजदूत आचार्य, भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले कार्यक्रममा भाग लिए । साधारणतया राजदूतमा नियुक्त भएपछि मात्र उक्त कार्यक्रममा सहभागी गराइने चलन थियो । राजदूत भएर सम्बन्धित मुलुकमा के–के काम, कसरी गर्नेदेखि विदेशीसँग कसरी खाना खाने जस्ता विषयमा समेत राजदूतलाई विज्ञहरूले जानकारी दिने गर्दछन् ।
पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले भने आफू बेलायतका लागि राजदूतमा सिफारिस भएपछि उक्त अन्तरक्रियामा भाग लिन अस्वीकार गरेपछि आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु