बेलायतका लागि प्रस्तावित राजदूत आचार्यको एग्रिमो स्वीकृत
लण्डन । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरूमा अग्रिमोका लागि पत्राचार गरेको थियो ।
लण्डनस्थित नेपाली दूतावास स्रोतले बेलायतका लागि राजदूत सिफारिस आचार्यको ‘एग्रिमो’ गइसकेको पुष्टि गरेको छ । उनी बेलायत आउने मिति भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेपछि टुङ्गो लाग्ने छ । यसअघि केपी ओली सरकारबाट बेलायतको राजदूत नियुक्त लोकदर्शन रेग्मीलाई शेरबहादुर देउवा सरकारले फिर्ता बोलाएको थियो । गत मार्च १ मा आफ्नो कार्यकाल सम्हालेका रेग्मी ८ महिना नपुग्दै अक्टोबर २४ मा नेपाल फर्किएका हुन् ।
लन्डन आउनुअघि राजदूत ज्ञानचन्द्र आचार्यले प्रशिक्षण लिएका छन् । सम्बन्धित मुलुकबाट एग्रिमो आउनुअघि नै आचार्यले अन्तरक्रिया कार्यक्रममा भाग लिएका हुन् । कार्यक्रममा प्रस्तावित राजदूत आचार्य, भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले कार्यक्रममा भाग लिए । साधारणतया राजदूतमा नियुक्त भएपछि मात्र उक्त कार्यक्रममा सहभागी गराइने चलन थियो । राजदूत भएर सम्बन्धित मुलुकमा के–के काम, कसरी गर्नेदेखि विदेशीसँग कसरी खाना खाने जस्ता विषयमा समेत राजदूतलाई विज्ञहरूले जानकारी दिने गर्दछन् ।
पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले भने आफू बेलायतका लागि राजदूतमा सिफारिस भएपछि उक्त अन्तरक्रियामा भाग लिन अस्वीकार गरेपछि आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण