जलवायु जोखिमसमेत समाविष्ट गरेर बीमाशुल्क निर्धारण गर्नुपर्ने
अब जीवन बीमा कम्पनीहरूले जलवायु जोखिमसमेत समाविष्ट गरेर बीमाशुल्क निर्धारण गर्नुपर्ने भएको छ । बीमा समितिले सोमवार ‘जलवायु जोखिमसम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
विश्व बैंकसँगको विभिन्न चरणको छलफलपछि नियामक निकाय बीमा समितिले यस्तो व्यवस्था गरेको हो । नेपालमा देखिएको जलवायु परिवर्तनका कारण बीमाक्षेत्र पनि प्रभावित भएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै समितिले यस्तो व्यवस्था गरेको हो । साथै, जोखिममा आधारित पूँजी बनाउने उद्देश्यलाई सहयोग पुग्नेगरी पनि यो निर्देशिका ल्याइएको बताइएको छ ।
तर, यो व्यवस्था निर्देशिका लागू भएको ३ वर्षपछि कार्यान्वयन हुनेछ । समितिका अनुसार निर्देशिका लागू भएको ३ वर्षपछि कम्पनीले नयाँ बीमा योजना तयार गर्दा र त्यसको बीमाशुल्क निर्धारण गर्दा जलवायु जोखिमलाई समाविष्ट गर्नुपर्नेछ । साथै, बीमाशुल्कमा जलवायु जोखिमलाई केकसरी समाविष्ट गरेको हो, त्यो पनि स्पष्ट रूपमा खुलाउनुपर्ने छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा
-
खामेनीको अन्त्येष्टिमा ४ करोड ३० लाख मानिस सहभागी
-
गणेश नेपालीको आत्मदाह सामूहिक आत्मचिन्तनको विषय हो : गगन थापा
-
एमालेले भन्यो– नेपालको एक इन्च भूमि र आकाशको रक्षा हाम्रो पहिलो दायित्व हो
-
विश्वप्रकाशको प्रश्न, ‘सरकार आशाको होइन त्रासको प्रतीक किन बन्दैछ?’
-
गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छ : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण