सिसा पुछ्ने क्रममा ग्यास बुलेट गुडेपछि च्यापिएर चालकको मृत्यु
बिहीबार, १३ माघ २०७८, १० : २९
काठमाडौंको बालाजुमा बिहीबार बिहान ग्यास बुलेटले च्याप्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बालाजु औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर ग्यास बुलेटको सिसा पुछ्दै गरेका उनी अचानक गाडी गुडेर अगाडि रहेको भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा च्यापिएका थिए ।
बिहान पौने ४ बजे गम्भीर घाइते भएका उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जनाइएको छ । प्रहरीले अर्का ग्यास बुलेट चालकलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा
-
गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
-
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
-
गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण