विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् अर्कैसँग विवाह
तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने योजना गरेका थिए । तर, विवाहको एक दिनअघि आयोजित कार्यक्रममा बबाल मच्चिएको थियो ।
सो दिन जोडी र उनीहरुका परिवार कार्यक्रममा सहभागी भएका थिए । नाँचगानसहितको कार्यक्रममा डीजे र डान्स फ्लोरको पनि व्यवस्था थियो । बेहुलाको भाइ नआउने बेलासम्म बेहुला बेहुली सँगै नाँचेका थिए । उनीहरु नाँचिरहेका बेला अचानक बेहुलाका भतिजा पनि सहभागी भएका थिए ।
भतिजाले बेहुलीको हात र बेहुलाको काँध समाएर नाच्न थालेपछि बबन्डर मच्चिएको थियो । त्यसपछि बेहुलाले दुबै जनालाई धकेलेर बेहुलीको गालामा थप्पड हानिदिएको दुलहीका अभिभावकले गुनासो गरेका छन् ।
सार्वजनिक स्थलमा आफूलाई थप्पड हानेपछि बेहुलीले तत्काल विवाह रद्द गर्ने निर्णयमा पुगेकी थिइन् । बेहुलीका अभिभावकले पनि उनको निर्णयलाई समर्थन जनाएका थिए । आफ्नो छोरी कुटिएपछि बेहुलीका बाबुले दुलाहा पक्षलाई तत्काल कार्यक्रमस्थलबाट जान आदेश दिएका थिए ।
सो घटनापछि बेहुलीका परिवारले भिल्लुपरम जिल्लाको जिन्जी निवासी उनै दुलाहाका भतिजासँग विवाह गराइदिएका थिए । यसैबीच, असन्तुष्ट बेहुलाले पानरुती प्रहरी चौकीमा ७ लाख भारु क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण