दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित
दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भए यताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भए यताकै सबैभन्दा धेरै भएको बताइएको छ ।
यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १४ हजार ५७१ जना संक्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ ।
्
उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी संक्रमितसहित कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ७ लाख ७७ हजारभन्दा बढी पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट धेरै मात्रामा फैलिएको छ ।
यहाँ पछिल्ला दिनहरुमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको कोरियाली रोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ । यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन् । त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा संक्रमण देखिने पनि गरेको बताइएको छ ।
यहाँ गएको २४ घन्टामा ३४ जनाको निधन पनि भएको छ । यहाँ अहिलेसम्म यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ६ हजार ६५४ जना पुगेको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण