छोरी ऐश्वर्या र धनुषको विवाह बचाउने कोसिसमा लागे रजनीकान्त
साउथका चर्चित जोडी रहेका धनुष र ऐश्वर्या रजनीकान्तले १७ जनवरी सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको १८ वर्षपछि सम्बन्ध टुट्दा प्रशंसकबाहेक ऐश्वर्याका पिता रजनीकान्त पनि तनावमा छन् । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार रजनीकान्त छोरी ऐश्वर्याको यो निर्णयले निकै रिसाएका थिए र अब उनी दुईबीच सहमति बनाउन चाहन्छन् ।
ऐश्वर्यालाई सम्झाइरहेका छन् रजनीकान्तः
भास्करले स्रोतलाई हवाला दिँदै रजनीकान्तमाथि छोरीको सम्बन्धविच्छेदको नकारात्मक असर परेको बताएको छ । स्रोतका अनुसार उनी लगातार ऐश्वर्यालाई सम्बन्ध तोड्नु त केही दिनको मात्रै त कुरा हो नि भनेर सम्झाइरहेका छन् । रजनीकान्त छोरी र ज्वाईं मिलेर बसेको हेर्न चाहन्छन् ।
रजनीकान्तसँग भेट्न चाहँदैनन् धनुष ?
खबरका अनुसार रजनीकान्त यो सम्बन्धविच्छेदलाई रोक्नका लागि धनुषलाई भेट्न चाहन्थे तर धनुष रजनीकान्तसँग भेट्नुपर्ला भनेर घरनै आएका छन् । धनुष रजनीकान्तको इज्जत गर्छन् र उनको कुरा काट्न चाहँदैनन् त्यसैले उनी यो कुराबाट पन्छिरहेका छन् ।
धनुषका पिता पनि सम्बन्धविच्छेदको विरोधमा छन्ः
सम्बन्धविच्छेदको खबर सार्वजनिक भएपछि धनुषका पिता कस्तुरी राजाले एक अन्तरवार्ताका बेला यो सम्बन्धविच्छेदलाई पारिवारिक झगडा मात्रै बताएका छन् । उनले भने, ‘यो परिवार बीचको झगडा हो जुन एक विवाहित जोडीबीच भइरहन्छ ।’
धनुष र ऐश्वर्या दुबैको परिवारले यी दुईले सम्बन्धविच्छेदको खबरमा पुनः विचार गरुन् भन्ने चाहन्छन् । सम्बन्धविच्छेदपछि पनि यो जोडी हैदराबादको एउटा होटलमा सँगै बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण