मोरङमा खाल्डोमा पुरेको अवस्थामा अर्को शव पनि फेला, एउटाको खुलेन पहिचान
काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा बिहीबार अर्को शव भेटिएको छ । प्रहरीले सो ठाउँमा बुधवार पनि पुरुषको शव उत्खनन गरेको थियो ।
खाल्डोबाट निकालिएका दुई मध्ये बिहीबार फेला परेको शवको पहिचान खुलेको छ । बुधवार शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठका शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए ।
शव उत्खनन गर्दा राजेन्द्र कुमार श्रेष्ठको पर्स भेटिएको छ । सो पर्समा रहेको सवारी चालक अनुमति पत्रको आधारमा शव पहिचान गरिएको डिएसपी श्रेष्ठले बताए । उनले भने–‘बुधवार फेला परेको शव पहिचान हुन बाँकी छ, हामी अनुसन्धान गर्दै छौँ ।’
बुधवार फेला परेको शव पनि पुरुष व्यक्तिको हो । मृतक राजेन्द्रकुमारका आफन्तले उनी भक्तपुरको लोकन्थली बस्ने गरेको प्रहरीलाई जानकारी दिएका छन् । उनी जग्गाको काम गर्थे । भक्तपुरबाट बोलाएर उनलाई हत्या गरेर पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
दुवैजनाको शव सडेको अवस्थामा भेटिएको छ । ‘पोष्टमार्टमछि मृत्युको कारण खुल्छ, त्यसपछि थप अनुसन्धान अघि बढाउँछौं’ डिएसपी श्रेष्ठले भने–‘हत्यापछि पुरेको आशङ्का गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण