बेलायतमा कोरोनाका मृतक सङ्ख्या एक लाख ५५ हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना महामारी सुरु भएयता कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २७७ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण बढी मृत्यु हुने मुलुकहरूमा अमेरिका, ब्राजिल,भारत, रसिया, मेक्सिको र पेरुपछि बेलायत सातौँ स्थानमा पर्दछ । बेलायतमा हालसम्म कोरोना सङ्क्रमणबाट एक लाख ५५ हजार ३१७ जनाको ज्यान गइसकेको छ । तर मृत्यु दर्ताका आधारमा भने एक लाख ७६ हजार भन्दा बढीको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ । विश्वभरमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ६० हजार नाघेको छ ।
यस्तै कोरोना सङ्क्रमितको सङ्ख्या पनि पछिल्लो समयमा निरन्तर घट्दै गएको छ । ओमिक्रोन सङ्क्रमणका कारण दैनिक सङ्क्रमण दर दुई लाख नाघे पनि अहिले यो सङ्क्रमित सङ्ख्या घटेर एक लाख भन्दा काममा झरेको छ । पछिल्लो २४ घण्टामा ८९ हजार १७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक करोड ६३ लाख ३३ हजार ९८० पुगेको छ ।
यसअघिको डेल्टा भाइरस भन्दा कम शक्तिशाली ठानिएको ‘ओमिक्रोन’ भाइरसको सङ्क्रमण दर तीव्र भए पनि यसको असर कम भएकाले बेलायतमा कोभिड सम्बन्धी सबै प्रतिबन्धहरू हटाउँदै लागिएको छ । दुवै डोज खोप लगाइसकेका बेलायत भित्रिने यात्रुहरूको लागि यसअघि अनिवार्य गरिएका कोभिड सम्बन्धी परीक्षणहरू अर्को महिनाबाट अन्त गरिदैछ ।
कोरोनाविरुद्धको खोपको प्रभावकारिता बढेसँगै बेलायतमा अहिले बुस्टर डोज वितरण कार्यलाई तीव्रता दिइएको छ ।बेलायतमा ९०.९ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउनेको सङ्ख्या ८४ प्रतिशत रहेको छ । बुस्टर अर्थात् तेस्रो मात्रा खोप लगाउनेको सङ्ख्या पनि ६४.६ प्रतिशत भन्दा बढी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण