बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

निन्द्रा नलाग्ने समस्या छ ? दालचीनी हालेर दूध पिउनुस्

आइतबार, १६ माघ २०७८, ०९ : ११
आइतबार, १६ माघ २०७८

दालचीनी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दालचीनीको पाउडरलाई दूधमा हालेर नियमित पिउने गर्दा निन्द्रा नलाग्ने समस्या हराउँदै जान्छ । दालचीनीमा एन्टिमाइक्रोबियल, एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी गुण हुन्छ । 

दालचीनी हालेको दूधले शरीरमा चिनीको मात्रा नियन्त्रणमा राख्छ । यसले कपाल र छालालाई पनि निकै फाइदा गर्छ । राति सुत्नुअघि एक गिलास दूधमा दालचीनीको धुलो मिसाएर पिउँदा निन्द्रा नलाग्ने समस्या हराउँदै जान्छ । राति सुत्नुअघि एक महिनासम्म दालचीनी भएको दूध पिउँदा ३ देखि ४ किलो तौल पनि घट्छ । 

कसरी तयार पार्ने ? 
–एक गिलास दूध
–आधा चम्चा दालचीनी पाउडर

विधि 
–एउटा सानो भाँडोमा दूधलाई राम्रोसँग तताउनुस् 
–दूधलाई गिलासमा निकालेर दालचीनीको पाउडर मिसाउनुस् र पिउने गर्नुस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप