उत्तर कोरियाको मिसाइल परीक्षण : अन्तरिक्षबाट खिचेको तस्बिर सार्वजनिक
उत्तर कोरियाको सरकारी मिडियाले सन् २०१७ यताकै ठुलो क्षेप्यास्त्र परीक्षणको दाबी गर्दै तस्बिरहरू सार्वजनिक गरेको छ । तस्बिरमा अन्तरिक्षबाट कोरियाली प्रायद्वीप र आसपासका क्षेत्र देख्न सकिन्छ । केसीएनएले जारी गरेको तस्बिर क्षेप्यास्त्रको वारहेडमा फिट गरिएको क्यामेराबाट लिइएको बताइएको छ ।
उत्तरले सो बालिस्टिक क्षेप्यास्त्र मध्यम दुरीको ह्वासोङ–१२ भएको जनाएको छ । दक्षिण कोरिया र जापानले सो क्षेप्यास्त्र २ हजार किलोमिटरको उचाइसम्म पुगेको र त्यसपछि जापानको समुद्रमा खसेको बताएको छ । दुवै देशले सो परीक्षणको भर्त्सना गरेको छ । उत्तरले यो महिना गरेको यो सातौँ परीक्षण थियो ।

संयुक्त राष्ट्रले उत्तर कोरियामाथि बालिस्टिक र परमाणु क्षेप्यास्त्र प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर किम जोङ उनको नेतृत्वमा पूर्व एसियाली राष्ट्रले सो प्रतिबन्धलाई चुनौती दिँदै आइरहेको छ । क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिँदै एक शीर्ष अमेरिकी अधिकारीले बिना पूर्वशर्त उत्तरलाई परमाणु र क्षेप्यास्त्र कार्यक्रमबारे छलफल गर्नका लागि सम्पर्कसमेत गरिसकेको रोयटर्सले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण