शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तुलसीपुर मेयरका छोराविरुद्ध डेढ करोड ठगी गरेको आरोप

सोमबार, १७ माघ २०७८, १० : ३४
सोमबार, १७ माघ २०७८

दाङका एक जना निर्माण व्यवसायीविरुद्ध झण्डै डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । घोराही–१५ भरतपुर निवासी व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूलाई डेढ करोडभन्दा बढी रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । 

उनले घोराही–तुलसीपुर फोरलेन सडकमा आफ्ना टिप्पर लगाएकाले त्यसको भाडा र इन्धन बापतको रकम १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डे विरुद्ध मुद्धामा जाहेरी दिएको बताए । 

पटक–पटक पैसा माग्न जादा पनि नदिने गरेको गुनासो गर्दै पाण्डे सम्पर्कमा नआउँदा आफ्नो घर खेत नै लिलामी हुने अवस्था आएकाले आफू वाध्य भएर कानुनी उपचार खोज्न प्रहरीमा जानु परेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप