अनलाइन बिङ्गो प्रकरण : मुख्य सञ्चालक फरार, मेनेजर पक्राउ
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित प्लटिङमा रहेको एक रेष्टुरेण्टमा प्रहरीले छापा मारेर अनलाइन जुवा ‘बिङ्गो’ खेल्ने ७४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिङ्गो सञ्चालक वीरेन्द्र मानन्धर छन् । काठमाडौं महानगरपालिका–६ घर भएका मानन्धर मोवाइलमा बिङ्गो एप्स डाउनलोड गरेर खेलिने सो अनलाइन जुवाका मेनेजर हुन् । मुख्य सञ्चालकचाहिँ फरार छन् ।
मानन्धर सहित रेष्टुरेण्टमा बसेर खेल्ने ७४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले रातोपाटीलाई बताए । रेष्टुरेण्टका सञ्चालक सुवास घिसिङ हुन् । कोभिड–१९ प्रोटोकल वेवास्ता गरेर रेष्टुरेन्टमा ७४ जनालाई प्रवेश अनुमति दिने उनीचाहिँ फरार छन् ।
जुवा खेलाडीहरुलाई बिङ्गो एप्समार्फत वीरेन्द्र मानन्धरले अपरेट गरेको सुराकको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धको टोली सो रेष्टुरेण्टमा पुगेको थियो । बिङ्गो खेल्नुअघि १५ वटा नम्बर भएको टिकट काट्नुपर्छ । बिजेतालाई खेलाउने व्यक्तिले निश्चित रकम पुरस्कार दिन्छन् ।
बिजेताले कति पुरस्कार पाउँछन् भन्ने पहिले नै तोकिएको हुन्छ । बिङ्गो खेल्ने र खेलाउनेलाई जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण