मोदी सरकारको बजेटलाई सेयर बजारको स्वगत, उछालियो भारतीय सेयर बजार
मङ्गलबार, १८ माघ २०७८, १३ : ५६
नरेन्द्र मोदी सरकारले ल्याएको चालू वर्ष २०२२/२३ को बजेटलाई भारतीय सेयर बजारले स्वागत गरेको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले करिब २ घन्टा लगाएर गरेको बजेट भाषणलाई भारतीय सेयर बजारले स्वागत गरेको हो ।
बजेट भाषण लगत्तै बम्बइ स्टक एक्सचेञ्ज (सेन्सेक्स) ८७९ अंकले बढेर ५८ हजार ८९३ अंकमा पुगेको छ । यस्तै, नेश्नल स्टक एक्सचेञ्ज (निफ्टि) २३४ अंकले बढेर १७ हजार ५७४ अंकमा पुगेको छ ।
वित्त मन्त्री सितारमणले बजेट भाषण गर्दैगर्दा सेयर बजारमा निरन्तर उछाल आइरहेको थियो । लोकसभामा बजेट भाषण चल्दै गर्दा सेन्सेक्स बढेर ९०० अंकसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण