आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगायो : ओली

बुधबार, १९ माघ २०७८, २२ : २५
बुधबार, १९ माघ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई देशको चिन्ता नभएकाले देशलाई गठबन्धनले ओरालो यात्रामा पुर्याएको बताए ।

उनले भने, ‘यो पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको छ अहिले । विनाशतर्फ धकेलेको छ । आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको छ ।’ जनताप्रति सरकार र गठबन्धन अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था समेत डामाडोल बनाएको ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप