शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खराब मौसमका कारण भरतपुर, सुर्खेत र पोखराको उडान प्रभावित

बिहीबार, २० माघ २०७८, ११ : १७
बिहीबार, २० माघ २०७८

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको छ । भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर र सुर्खेतमा उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका निर्देशक (प्रवक्ता) टेकनाथ सिटौलाले रातोपाटीलाई बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा १६ सय मिटर आईएफआर छ । भिजिबिलीटी कम हुँदा ट्राफिक फ्रिक्वेन्सी घटेको प्रवक्ता सिटौलाले बताए । सिमरा विमानस्थलमा ५ किलोमिटर आइएफआर छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप