गठबन्धनको निरन्तरताबारे नेपाली काँग्रेसभित्र दुई धार
पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् ।
सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमासमेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा छ । देउवालाई नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताको विषयमा साथ दिँदै आइरहेका छन् ।
तर, इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूह भने सत्ता गठबन्धनको निरन्तरता अब आवश्यक नरहेको निष्कर्षमा पुगेको छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन आबद्ध दलहरू अलमलमा परेपछि डा. कोइरालाले गठबन्धनको आवश्यकता अब नरहेको बताएका थिए । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्नेसमेत बताउँदै आइरहेका छन् । सो समूहबाट कांग्रेस महामन्त्रीमा निर्वाचित युवा नेता गगन थापासमेत आगामी निर्वाचनमा कांग्रेस कुनै दलसँग गठबन्धन गरेर नजाने र एक्लै भिड्ने बताउँदै आइरहेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण