बजेट अभावले अधुरा भएका आयोजनामा लगाए यी जनप्रतिनिधिले सुविधावापत पाएको २० लाख
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चिएका छन् । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चिएका हुन् ।
सेवा सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करिब पाँच वर्षको अवधिमा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको भारतीय सेनाका सेवानिबृत्त क्याप्टेनसमेत रहेका अध्यक्ष पुनले बताए । “पेन्सनले मेरो खर्च पुग्छ, परिवारका सदस्य आफैँ आत्मनिर्भर छन्”, उनले भने, “जनतासँग गरेको प्रतिबद्धताअनुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हुँ ।”
गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक रु ४८ हजार सुविधा तोकेको छ । पोखराको सुन्दरीडाँडास्थित शिवमन्दिरमा नियमित पूजा सञ्चालनका लागि रु पाँच लाखको अक्षयकोष स्थापना गरेर एक पुजारीलाई तलबको व्यवस्था गर्नुभएका अध्यक्ष पुनले नारच्याङ आधारभूत विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण इञ्जीनियरिङको प्रवेश परीक्षा उत्तीर्ण भए पनि भर्ना हुन नसकेका पाउद्धारका काजल रोकालाई रु एक लाख सहयोग गरेर गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिएका पुनले करेन्ट लागेर दुवै हात गुमाएकी पाउद्धारकै कृशिखा विकको उपचारका लागि रु ३० हजार सहयोग गरेर सुरु गरेको अभियानबाट रु २० लाखभन्दा बढी जुटेको छ ।
गाउँपालिकाका विद्यालयमा ‘टेलिटिचिङ’ सुरु गर्न रु ५० हजार सहयोग गरेर अभियान सुरु गरेका पुनले ज्ञानप्रकाश माविलाई रु ५० हजार, मुक्तिमार्ग माविलाई रु ५० हजार, शिख माविलाई रु एक लाख, काफलडाँडाको करबाकेली संरक्षण समितिलाई रु एक लाख १० हजार, पाउद्धारको उपल्लोगाउँको आमा समूहको भवन निर्माणमा रु दुई लाख ५० हजार, पाउद्धार युवा क्लबलाई मन्दिर बनाउन रु ५० हजार, फलातेमा खेलमैदान बनाउन रु ५० हजार, किन्दुको आमा समूहलाई भाँडा खरिद गर्न रु ४२ हजार सहयोग गरेका छन् ।
घरापमा खानेपानी योजनालाई रु एक लाख १० हजारको पाइप खरिद गरेर उपलब्ध गराउनुभएका पुनले बजेट अभावमा अुधरो बनेको घारको खानेपानी आयोजनालाई पूर्णता दिन रु एक लाख सहयोग गरेका छन् । दोसल्लेका धनबहादुर पुनको घर पुननिर्माणका लागि जस्तापाता किन्न रु ३५ हजार सहयोग गरेका छन् । कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई रु ५० हजार, हिस्तान स्वास्थ्यचौकीलाई रु ७५ हजार सहयोग गरेका छन् ।
यसै हप्ता कैलाश मावि दोबाका १५७ र टिकोट मावि हिस्तानका ७० विद्यार्थीलाई रु दुई लाख बराबरको एक–एक थान स्वीटर वितरण गरे । विभिन्न विद्यालयका उत्कृष्ट बिद्यार्थी र खेलाडीलाई पुरस्कृत गरेका पुनले जनप्रतिनिधि नभएको अवस्थामा पनि सामाजिक क्षेत्रमा सहयोग र समय दिएर योगदान गरेका थिए। पहिरो, चट्याङ, आगलागीपीडितका साथै अर्थाभावका कारण उपचारका लागि अस्पताल पुग्न नसक्ने विपन्नका लागि पनि आफ्नो पारिश्रमिकबाट सहयोग गर्छन् । प्राकृतिक प्रकोपको अवस्थामा जोखिम मोलेर आफैँ उद्धार र राहतमा अगुवाइसमेत गरेका छन् ।
विसं २०२१ मा भारतीय सेनामा भर्ती भएर २१ वर्ष नौ महिना काम गरी निबृत्त भएका पुनः पर्यटकीयस्थल घोडेपानीको सन्नी होटलका सञ्चालक हुनुहुन्छ । भारतीय सेनामा रहँदा स्विमिङ र ड्राइभिङमा १० वर्ष लगातार नेशनल च्याम्पियन बन्नुभएका पुनले नवौँ र दशौँ एशियन, १९७९ को कमनवेल्थ गेम, १९८२ को वल्र्ड च्यापियनसीपमा सहभागी भएर पदक दिलाएका थिए । भारतमा खेल प्रशिक्षक भएर काम गरेका उनले नेपालको राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएर पदक जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण