चीन र रसियाका राष्ट्रपतिबीच दुई वर्षपछि पहिलो पटक भेटवार्ता हुँदै
चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ । युक्रेनलाई लिएर पश्चिमा मुलुकहरूसँग रसियाको तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको हो ।
कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन् । तर, अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई स्वदेशमा भेट्न पाउने भएका छन् । बेइजिङ ओलम्पिकले यस्तो अवसर जुटाइदिएको हो ।
पुटिन र सीबीच राजधानी बेइजिङमा शुक्रबार भेट गर्ने कार्यक्रम छ । भेटअघि दुबै देशहरुले सुरक्षा र अन्य विषयमा उनीहरुको साझा धारणा झल्किने एउटा संयुक्त विज्ञप्ति जारी गर्नेछन् । त्यसपछि दुबै नेता शुक्रबार साँझ सुरु हुने ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।
पश्चिमा मुलुकहरूसँगको तनावसँगै पछिल्ला दिनमा रुस र चीनबीचको सम्बन्ध मजबुत बनेको छ । ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागिताको पुष्टि जनाउने पुटिन पहिलो विदेशी नेता हुन् । डिसेम्बरमा सीसँगको फोन वार्तामा बेइजिङसँगको नमुना सम्बन्धको पुटिनले प्रशंसा गरेका थिए ।
युक्रेन मामिलामा अमेरिका र रुसबीच तनाव बढिरहेका बेला चीनले रुसको समर्थन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान: सेनाको कारबाहीमा दश सन्दिग्ध चरमपन्थी मारिए
-
उदयपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी
-
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगर र क्याम्पसहरूबिच समझदारी
-
‘फूल लाग्ने समयमा पर्याप्त पानी नभए मकै शत प्रतिशत नोक्सान हुन्छ’
-
प्रिमियर लिगमा चेल्सी र लिभरपुलको गोल वर्षा
-
ओलीका ‘छोरी’हरु बालकोटमा, घरकै आँगनमा फुटबल खेले