चीन र रसियाका राष्ट्रपतिबीच दुई वर्षपछि पहिलो पटक भेटवार्ता हुँदै
चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ । युक्रेनलाई लिएर पश्चिमा मुलुकहरूसँग रसियाको तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको हो ।
कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन् । तर, अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई स्वदेशमा भेट्न पाउने भएका छन् । बेइजिङ ओलम्पिकले यस्तो अवसर जुटाइदिएको हो ।
पुटिन र सीबीच राजधानी बेइजिङमा शुक्रबार भेट गर्ने कार्यक्रम छ । भेटअघि दुबै देशहरुले सुरक्षा र अन्य विषयमा उनीहरुको साझा धारणा झल्किने एउटा संयुक्त विज्ञप्ति जारी गर्नेछन् । त्यसपछि दुबै नेता शुक्रबार साँझ सुरु हुने ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।
पश्चिमा मुलुकहरूसँगको तनावसँगै पछिल्ला दिनमा रुस र चीनबीचको सम्बन्ध मजबुत बनेको छ । ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागिताको पुष्टि जनाउने पुटिन पहिलो विदेशी नेता हुन् । डिसेम्बरमा सीसँगको फोन वार्तामा बेइजिङसँगको नमुना सम्बन्धको पुटिनले प्रशंसा गरेका थिए ।
युक्रेन मामिलामा अमेरिका र रुसबीच तनाव बढिरहेका बेला चीनले रुसको समर्थन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण