आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सरको खतराबाट बचाउँछ यी ६ बानी

शनिबार, २२ माघ २०७८, ०९ : १२
शनिबार, २२ माघ २०७८

घातक रोगहरु मध्ये क्यान्सर पनि एक हो । क्यान्सर रोग लागेपछि यसको उपचार निकै महँगो हुन्छ । क्यान्सर अन्तिम अवस्थामा पुग्यो भने मानिसको मृत्यु निश्चित हुन्छ । त्यसैले क्यान्सरबाट बच्नका लागि समयमा नै जागरुक हुन जरुरी हुन्छ । क्यान्सर लाग्न नै नदिनु बुद्धिमानी हो । तर, क्यान्सर लाग्न नदिन दैनिक जीवनयापनका क्रममा थुप्रै बानीहरु परिवर्तन गर्नैपर्छ । 

धुम्रपान 
कुनै पनि प्रकारको सुर्तीजन्य पदार्थ क्यान्सरको कारण हुनसक्छ । धुम्रपानको कारण फोक्सो, मुख, घाँटी, प्यानक्रियाज, ब्लाडर, गर्भाशय ग्रीभा र मिर्गौलाको क्यान्सर हुने सम्भावना हुन्छ । मुख र प्यानक्रियाजको क्यान्सर सबैभन्दा बढी सुर्तीजन्य पदार्थको सेवनबाट हुन्छ । धुम्रपानको सेवन नगर्ने व्यक्तिमा पनि वरिपरि बस्ने व्यक्तिले गरेको धुम्रपानले असर पुर्याउन र क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ ।

स्वस्थकर खानेकुरा 
धेरै क्यालोरी भएको खाना, रिफान्ड गरिएको खानेकुरा, अस्वस्थकर बोसोयुक्त खानेकुरा, प्रोसेस्ड मासु, मद्यपान जस्ता खानेकुराहरु क्यान्सरको कारण हुन् । आफ्नो तौल सन्तुलनमा राख्न यस्ता खानेकुराको सेवन गर्न हुँदैन । खानेकुरामा फलफूल, सागसब्जी र फाइबरयुक्त खानेकुरा धेरै खाने गर्नुपर्छ । 

सक्रिय रहने 
शरीरलाई स्वस्थ बनाइराख्दा प्रोस्टेट, फोक्सो, मिर्गौला र कोलनको क्यान्सरको खतरा हुँदैन । यसका लागि शारीरिक रुपमा सक्रिय रहन जरुरी छ । विशेषज्ञका अनुसार एक हप्तामा सामान्यतयाः १५० मिनेटसम्म एरोबिक एक्टिभिटी गर्न आवश्यक छ । हरेक दिन ३० मिनेट कुनै न कुनै काम गर्ने गर्नुस् ।

घामको तेज प्रकाश
छालाको क्यान्सर हुनुको प्रमुख कारण घामको तेजिलो प्रकाश नै हो । यसबाट बच्नका लागि दिउँसोको मध्य घाममा बस्न हुँदैन । बिहान १० बजेदेखि ४ बजेसम्म घाममा बस्न हुँदैन । यो समयमा घामको किरण निकै तेज हुन्छ । यदि यो समयमा बाहिर निस्किन पर्ने अवस्थामा घामबाट बच्ने विभिन्न उपायहरु अपनाउन आवश्यक छ । 

खराब बानी
क्यान्सरबाट बच्नका लागि असुरक्षित रुपमा यौनसम्बन्धहरु राख्ने गर्नुहँदैन । धेरै व्यक्तिहरुसँग शारीरिक सम्बन्ध राख्दा यौन संक्रामक रोगहरु लाग्ने गर्छ । यसबाट एचआईभी लाग्छ । एचआईभी भएकाहरुलाई मलद्वारा, कलेजो र फोक्सोको क्यान्सर हुन सक्छ । 

नियमित चेकजाँच 
क्यान्सरको सुरुवाती लक्षणहरुका बारेमा जानकारी लिन नियमित रुपमा चेक जाँच गराउन पर्छ । भने, अन्य रोगहरुबाट बच्नका लागि पनि नियमित स्वास्थ्य जाँच जरुरी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप