दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न डीडीसीको प्रस्ताव
दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ वृद्धि गरी ५६.०४ रुपियाँ बनाउने निर्णय गरेको थियोध्र किसानका लागि दूधको मूल्य वृद्धि मन्त्रिपरिषद्ले गरेपछि डीडीसीले उपभोक्ता मूल्य बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको हो ।
यसअघि पनि दूधको उपभोक्ता मूल्य डीडीसीले तय गथ्र्यो । डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले किसानका लागि दूधको मूल्य निर्धारण मन्त्रिपरिषद्ले गरेपछि आफूहरूले उपभोक्ता मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने पस्ताव मन्त्रालयमा गरेको जानकारी दिए । डीडीसीले मूल्य वृद्धिका लागि प्रस्ताव गरे पनि हालसम्म मन्त्रालयबाट त्यसको कुनै प्रतिक्रिया नआएको उनले बताए ।
हाल दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपियाँ रहेको छ, त्यसमा १० रुपियाँ वृद्धि गरेपछि ८६ रुपियाँ हुने डीडीसीले जनाएको छ । सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले भने, “देशभर उपभोक्ताको मूल्य समान भने छैन । बुटवलमा प्रतिलिटर ७२ रुपियाँ छ भने नेपालगञ्ज र धनगढीमा ७० रुपियाँ र काठमाडौँ उपत्यकामा ७६ रुपियाँ रहेको छ । त्यसमा १० रुपियाँ वृद्धि गरेपछि सबैको लागत उठ्न सक्ने भएकाले त्यस्तो प्रस्ताव गरिएको हो ।”यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण