काँग्रेसमा उठ्यो नीति अधिवेशनको माग
राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार गर्न आग्रह गरेका छन् । कांग्रेसले नीति अधिवेशन छुट्टै गर्ने भनेर हालै सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व छनौट मात्र गरेको थियो ।
कोरोना माहामारीका कारण अनलाइनमार्फत छलफल गरिरहेका कांग्रेस केन्द्रीय सदस्यहरूले पार्टीको विभागहरू गठन गर्न तत्काल गृहकार्य थाल्न पनि आग्रह गरेका छन् । केन्द्रीय सदस्य मधुप्रसाद आचार्यका अनुसार छलफलमा केन्द्रीय सदस्यहरूले निश्चित मापदण्ड बनाएर अर्थपूर्ण र परिणामदायी विभाग गठन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका छन् । कांग्रेस विधानअनुसार अधिवेशन भएको ६ महिनाभित्र विभागहरू गठन गरिसक्नुपर्ने उल्लेख छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण