नक्कली नोटको बिगबिगी, दुई करोडबराबरका फर्जी रुपैयाँ बजारमा
नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ । नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो । प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली नोटसहित १ जना, असोज २६ गते रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना, कात्तिक ४ गते काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार बराबरको नक्कली रुपैयाँसहित ५ जना र माघ २६ गते काठमाडौंको गोगंबुबाट १ लाख ५० हजारसहित १ जना पक्राउ परेका थिए ।
मुलुकका साना ठूला बजार र सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी भएको भन्दै प्रहरीले सर्च अप्रेसन चलाइरहेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धानअन्तरगतका विभिन्न युनिटले नक्कली नोटको कारोबारी गिरोहको खोजी गरिरहेका छन् । सुरक्षा स्रोतका अनुसार अहिले नेपाल भारत सीमा क्षेत्रका बजार र मुख्य सहरमा करिब २ करोड रुपैयाँबराबरका नक्कली नोट छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएनडीपीको प्रश्न– ग्रिन फाइनान्सको क्षेत्रमा नेपालको स्पष्ट नीति के छ ?
-
अमेरिकाले एमडीएचको ३१ प्रतिशत मसला पठायो फिर्ता
-
ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारलाई राहत सामग्रीहरु प्रदान
-
पोखरामा प्रदूषणले उकुसमुकुस: उडान ठप्प, जनजीवन प्रभावित
-
टी–२० विश्वकप खेल्न टोली घोषणा गर्यो न्युजिल्यान्डले
-
नेपालमा वैकल्पिक ऊर्जा र उच्च मूल्यसहितका कृषि उत्पादनको पर्याप्त सम्भावना छ : उपाध्यक्ष श्रेष्ठ