नक्कली नोटको बिगबिगी, दुई करोडबराबरका फर्जी रुपैयाँ बजारमा
नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ । नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो । प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली नोटसहित १ जना, असोज २६ गते रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना, कात्तिक ४ गते काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार बराबरको नक्कली रुपैयाँसहित ५ जना र माघ २६ गते काठमाडौंको गोगंबुबाट १ लाख ५० हजारसहित १ जना पक्राउ परेका थिए ।
मुलुकका साना ठूला बजार र सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी भएको भन्दै प्रहरीले सर्च अप्रेसन चलाइरहेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धानअन्तरगतका विभिन्न युनिटले नक्कली नोटको कारोबारी गिरोहको खोजी गरिरहेका छन् । सुरक्षा स्रोतका अनुसार अहिले नेपाल भारत सीमा क्षेत्रका बजार र मुख्य सहरमा करिब २ करोड रुपैयाँबराबरका नक्कली नोट छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण