बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ : रवीन्द्र मिश्र

आइतबार, २३ माघ २०७८, २२ : १९
आइतबार, २३ माघ २०७८

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकट उन्मुख रहेको दावी गरेका छन् । उनले राजनीतिक दलका शीर्ष नेताहरुको कार्यशैलीप्रति कटाक्ष गर्दै यस्तो टिप्पणी गरेका हुन् ।  सामाजिक सञ्जालमार्फत उनले देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्रीले सहसचिवको स्तरमा झरेर विदेशीलाई पत्र लेखेको भनेर कटाक्ष समेत गरेका छन् ।  

बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्ने, कोही होली वाइनमा नुहाउने, कोही जातीय नारा चर्काउने प्रवृत्तिका भएको बताउँदै उनले तिनकै पछाडि निहित स्वार्थले धेरै बुद्धिजीवी, व्यापारी र गलत बुझाइले बहुसंख्यक नागरिक दौडिरहेको गुनासो गरेका छन् ।  यही प्रवृत्ति औँल्याउँदै उनले भनेका छन्, ‘बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप