बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ : रवीन्द्र मिश्र
आइतबार, २३ माघ २०७८, २२ : १९
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकट उन्मुख रहेको दावी गरेका छन् । उनले राजनीतिक दलका शीर्ष नेताहरुको कार्यशैलीप्रति कटाक्ष गर्दै यस्तो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्रीले सहसचिवको स्तरमा झरेर विदेशीलाई पत्र लेखेको भनेर कटाक्ष समेत गरेका छन् ।
बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्ने, कोही होली वाइनमा नुहाउने, कोही जातीय नारा चर्काउने प्रवृत्तिका भएको बताउँदै उनले तिनकै पछाडि निहित स्वार्थले धेरै बुद्धिजीवी, व्यापारी र गलत बुझाइले बहुसंख्यक नागरिक दौडिरहेको गुनासो गरेका छन् । यही प्रवृत्ति औँल्याउँदै उनले भनेका छन्, ‘बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण