अझै बस्न सकेन न्याय सेवा आयोगको बैठक
तीन सदस्य अनुपस्थित भएपछि आइतबार पनि न्याय सेवा आयोगको बैठक बस्न सकेन । जिल्ला न्यायाधीशको नतिजा प्रकाशनका लागि बैठक बोलाइए पनि पदाधिकारीको बेमेलका कारण बैठक बस्न नसकेको हो ।
यसअघि गत बिहीबार बोलाइएको बैठक पनि सदस्यहरूको अनुपस्थितिका कारण स्थगित भएको थियो । आयोगका सदस्यहरू सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडु र महान्यायाधिवक्ता खम्मबहादुर खाती अनुपस्थित भएपछि बैठक बस्न नसकेको हो । आइतबार प्रधानन्यायाधीश एवं आयोग अध्यक्ष चोलेन्द्र शमशेर जबरा र लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी मात्र उपस्थित हुनुभएको थियो । अन्य तीन सदस्यहरू अनुपस्थित भएपछि बैठक बस्न नसकेको न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
प्रधानन्यायाधीश जबराको न्यायिक निष्ठामा प्रश्न उठाउँदै सर्वोच्चकै न्यायाधीश र नेपाल बार एसोसिएसनले चरणबद्ध आन्दोलन गरेका थिए । आन्दोलन रोकिए पनि प्रधानन्यायाधीशले अध्यक्षता गर्ने बैठकमा न्यायाधीशहरूको उपस्थिति छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण