बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावको मिति तोक्नु स्वागतयोग्य : प्रमुख प्रतिपक्ष

बैशाख ३० मा चुनाव गर्ने सरकारको निर्णयलाई एमालेको स्वागत
सोमबार, २४ माघ २०७८, १७ : १३
सोमबार, २४ माघ २०७८

अन्ततः सरकारले स्थानीय चुनावको मिति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्नेगरी मिति घोषणा गरेको हो । चुनावको मिति घोष्णा गर्नुअघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो ।

सरकारले बैशाख ३० गते चुनाव गर्न सकिन्छ कि सकिदैन भनेर आयोगसँग गरेको परामर्शमा आयोगले सकिने जवाफ दिएपछि सरकारले बैशाख ३० को मिति घोषणा गरेको हो । 

निर्वाचन आयोगकै सुझावअनुसार सरकारले मिति घोषणा गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिने भएपछि त्यसअघि नै नयाँ जनप्रतिनिधिले पदबहाल गर्नेगरी बैशाख ३० मा चुनाव गर्दा सहज हुने आयोग पदाधिकारीको भनाई छ । 

यसैबीच सरकारले स्थानीय चुनावको मिति नतोकेको भन्दै आन्दोलनको तयारीमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको टिप्पणी गरेको छ । 

‘सरकारले गरेको निर्णयलाई निर्वाचन आयोगले ‘पिकअप’ गर्ला, हामी निर्वाचनकै पक्षमा भएकाले हामीलाई कुनै आपत्ति हुने कुरा भएन, यसलाई स्वागतयोग्य नै मान्नुपर्छ’एमाले उपपमहासचिव विष्णु रिमालको भनाइ छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप