आठ लाख डलर चोरी गर्ने ८० वर्षीया भिक्षुणीलाई जेल सजाय
अमेरिकामा जुवा खेलमा सहयोग गर्ने र खर्चालु ढंगले बिदा मनाउन ८ लाख डलर रकम चोरी गर्ने एक बृद्ध भिक्षुणीलाई जेल सजाय तोकिएको छ । क्यालिफोर्नियाकी ८० वर्षीया म्यारी मार्गरेट क्रिउपरलाई एउटा अदालतले सो सजाय सुनाएको हो । क्रिउपरले ६ दशकअघि गरिबको जीवनप्रति समर्पण गर्ने कसम खाएकी थिइन् ।
तर, लस ऐन्जल्सस्थित रोमन क्याथोलिक प्राथमिक विद्यालयको प्राध्यापकको रुपमा उनले ८ लाख ३५ हजार डलर लस भेगासमा जुवा खेल्न जुटाएको अदालतले फैसला गरेको छ ।
सो रकमबाटै उनले लेक टाहोइलगायतका महंगा रिसोर्टमा विलासीपूर्ण यात्रामा खर्च गरेको जनाइएको छ । सो रिसोर्ट गर्मीमा डुंगा चलाउन र जाडो मौसममा स्कीङका लागि प्रख्यात छ । त्यहाँ प्रायः सबै मौसममा धनाढ्य पर्यटकहरुको जमघट हुने गर्छ ।
‘मैले अपराध गरे । मैले कानुन मिचे । मसँग कुनै बहाना छैन,’ क्रिउपरले अदालतमा भनिन् । आफ्ना अपराध ‘आफ्नै सपथ, आज्ञा, कानुन र धेरै मानिसहरुले गर्ने पवित्र विश्वासको उल्लंघन’ भएको उनले स्वीकारेकी छिन् ।
गत वर्षको सुनुवाईको क्रममा क्रिउपरले कालो धनलाई बैध बनाएको र ठगी गरेको स्वीकार गरेकी थिइन् ।
टिउसन र धर्मदानका लागि विद्यालयमा पठाइएको रकम क्रिउपरले नियन्त्रणमा राखेको गोप्य अकाउन्टमा कसरी पुग्यो भन्दै अदालतमा उनीविरुद्ध उजुरी परेको थियो । एउटा अडिटले उनका गोप्य योजना सार्वजनिक गरिदिने धम्की दिएपछि क्रिउपरले आपत्तिजनक कागजात नस्ट गर्न कर्मचारीहरुलाई अनुरोध गरेको अदालतको फैसलामा उल्लेख छ ।
दी टाइम्सका अनुसार उनको आर्थिक अनियमितताबारे सुरुमा लस एन्जलसका धर्माध्यक्षसँग विवाद भएपछि भिक्षुलाईभन्दा पादरीलाई धेरै पैसा दिइने गरेको भन्दै रकम उठाउन आफू योग्य भएको तर्क गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण