स्वयम्भूमा हतियार प्रयोग गरेर युवकको हत्या प्रयास, एकजना पक्राउ
बिहीबार, २७ माघ २०७८, १० : १३
काठमाडौंको स्वयम्भूमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या प्रयास गरिएको छ । गर्धन र टाउकोमा धारिलो हतियार प्रहारबाट २३ वर्षीय विकास आचार्य गम्भीर घाइते भएका छन् ।
आचार्यलाई उपचारका लागि ट्रमा सेन्टरमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । हतियार प्रहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्वयम्भूको ठाडो भर्याङस्थित ग्रिल पसलमा झगडा भएपछि आचार्यलाई हतियार प्रहार गरिएको थियो । उनी ६ महिनादेखि सो ग्रिल पसलमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई जना पक्राउ
-
गण्डकी सरकारले फेर्यो अघिल्लो सरकारको पञ्चवर्षीय योजनको आधार पत्र
-
हाम्रो माग पूरा नभए बजेटमा पनि प्रतिरोध हुन्छ : रमेश लेखक
-
फेरि बढ्यो सेयर बजार, दुई दिनमा ७२ अंकको वृद्धि
-
सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, सडकदेखि सदनसम्म मोर्चाबन्दी गरिने
-
सभामुख रबर स्ट्याम्प बने : कांग्रेस महामन्त्री शर्मा